१४ बैशाख २०८१, शुक्रबार

गायिका मेलिना राईले बिहे गर्दै, को हुन् उनका हुनेवाला श्रीमान् ?


मेलिना राई

काठमाडौं । गायिका मेलिना राईले बिहे गर्ने भएकी छिन् । राईले गिटारिस्ट सञ्जिव बराइलीसँग लगनगाँठो कस्ने भएकी हुन् ।

मेलिना र सञ्जिव केही वर्ष अघिदेखि गोप्य रुपमा प्रेममा भएको खुलासा भएको छ । दुवै जनाले आज शुक्रबार सामाजिक सञ्जाल सञ्जालमार्फत एक-अर्काको तस्बिर पहिलोपटक फेसबुकमा राख्दै इन्गेजमेन्ट भएको सार्वजनिक गरेका हुन् ।

आफूहरु चाँडै बिहे गर्न लागेको भए पनि मिति भने तय भईनसकेको उनीहरुले बताएका छन् । मेलिनाले दर्जनौं नेपाली फिल्म तथा सयौं आधुनिक सुपरहिट गीत गाएकी छन् भने उनका प्रेमी बराईली सर्वाधिक चर्चित तथा व्यस्त गितारिष्ट तथा म्यूजिक कम्पोजर हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !