१८ बैशाख २०८१, मंगलबार

ओस्कर समारोहमा रकलाई झापड हानेका स्मिथमाथि ओस्करमा १० वर्षको प्रतिबन्ध


विल स्मिथ र क्रिश रक

एजेन्सी । बहुचर्चित ओस्कर अवार्ड वितरण समारोहमा प्रस्तोता एवं हास्य कलाकार क्रिश रकलाई थप्पड हानेका हलिउड अभिनेता विल स्मिथमाथि ओस्करमा १० वर्षको प्रतिबन्ध लगाइएको छ ।

अभिनेता स्मिथलाई ओस्कर अवार्ड र एकेडेमीका अन्य कार्यक्रममा १० वर्ष सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको हो । एकेडेमीद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘९४औं ओस्कर अवार्ड स्मिथले स्टेजमा देखाएको अस्वीकार्य र हानिकारक व्यवहारका कारण छायाँमा पर्‍यो ।’

हिजो शुक्रबार बसेको एकेडेमीको बैठकले कलाकार र अतिथिको सुरक्षामा एकेडेमी प्रतिबद्ध छ भन्ने विश्वास दिलाउन स्मिथमाथि कारबाही गरिएको जनाएको छ । असामान्य परिस्थितिमा पनि सहज देखिएको भन्दै एकेडेमीले क्रिस रकलाई धन्यवाद समेत दिएको छ ।

एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेसका अध्यक्ष डेभिड रुबिन र प्रमुख कार्यकारी ड्यान हडसनले एक विज्ञप्ति जारी गर्दै स्मिथमाथि अप्रिल ८, २०२२ देखि १० बर्षको प्रतिबन्ध लगाइएको उल्लेख जानकारी गराएका छन् ।

स्मिथले उनको कदमका लागि माफी माग्दै एकेडेमीबाट राजीनामा समेत दिई सकेका छन् । एलोपेसिया रोगका कारण कपाल खस्ने समस्या भएपछि कपाल खौरिएकी आफ्नी श्रीमतीप्रति रकले मजाक उडाएको भन्दै अभिनेता स्मिथले उनलाई थप्पड हानेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !