२२ बैशाख २०८१, शनिबार

विवाह गर्दै रणवीर र आलिया, कहिले हुँदैछ उनीहरुको बिहे ?


रणवीर कपुर र आलिया भट्ट

मुम्बई । बलिउडका चर्चित अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट विवाह बन्धनमा बाँधिने भएका छन् । भारतीय सञ्चार माध्यम पिङकभिल्लाका अनुसार यहि महिना अप्रिलको दोस्रो हप्ता उनीहरु वैवाहिक बन्धनमा बाँधिने भएका हुन् ।

उनीहरुको विवाह समारोह अप्रिल १३ देखि १७ तारिखसम्म चल्ने बताइएको छ । पछिल्लो केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले अन्तत: विवाह बन्धनमा बाँधिने निर्णय गरेका हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार उनीहरुको विवाह मुम्बईको चेंबुरमा रहेको रणवीरको पूर्खाहरुको घर आरके हाउस हुने भएको बताएका छन् । रणवीरका बुबाआमा ऋषि कपुर र नितु कपुरको विवाह पनि यहीँ भएकोले रणवीरले पनि आलियासँग आरके हाउसमा नै विवाह गर्न लागेका हुन् ।

एक रिपोर्टले बताएअनुसार उनीहरुको विवाहमा ४५० जना पाहुना सहभागी हुनेछन् । कपुर र भट्ट परिवारका निकट स्रोतकाअनुसार यो मितिमा आफन्तहरूलाई समय मिलाउन उनीहरूले भनिसकेका छन् । विवाहका लागि उनीहरुले ‘सादी स्क्वाड विडिङ प्लानर्स’लाई जिम्मेवारी दिएका छन् ।

सन् २०१८ मा भएको अभिनेत्री सोनाम कपुर र आनन्द आहुजाको विवाह समारोहमा रणवीर र आलियाले आधिकारिक रूपमा आफ्नो प्रेम सम्बधबारे खुलासा गरेका थिए । उनीहरुले सँगै काम गरेको फिल्म ‘ब्रह्मास्त्र’ यहि वर्ष सेप्टेम्बरमा प्रदर्शनमा आउने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !