२६ बैशाख २०८१, बुधबार

बहुप्रतिक्षित नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ आजदेखि रिलिज


म यस्तो गीत गाउँछु-२

काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ आजबाट रिलिज भएको छ । पछिल्लो समय युवा दर्शकहरुको मन र मुटुमा बस्न सफल नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका रहेको रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु-२ आजबाट रिलिज भएको हो ।

कोरोना महामारीले गर्दा २ बर्षदेखि रोकिएको फिल्म ‘म यस्तो गीत गाउँछु -२’ आजदेखि हलहरु हेर्न पाइने भएको हो । सुदर्शन थापाको निर्देशन रहेको उक्त चलचित्र कोरोना संक्रमण शुरु हुनुपूर्व नै निर्माण सम्पन्न भएपनि सिनेमा हल खुलेपछि आजदेखि रिलिज भएको हो ।

पूजा शर्मा र सुदर्शन थापा निर्माता रहेको यो चलचित्रमा जन्मजय साम्पाङ राई सहनिर्माताको रुपमा रहेका छन् । यस्तै, फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा, सुदर्शन थापाको कथा, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको अभिनय रहेको छ । उक्त चलचित्रका समधुर प्रेम भावका गीतहरु यसअघि नै हिट भईसकेका छन् । राम्रो चलचित्र बनेकोले उक्त चलचित्रले दर्शकको मन जित्ने प्रवल सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !