१४ बैशाख २०८१, शुक्रबार

चर्चित गायिका प्रविशा अधिकारीले कसिन् लगनगाठो


प्रविशा अधिकारी र निर्माण सिटौला विवाह

काठमाडौं । गायिका प्रविशा अधिकारीले लगनगाठो कसेकी छन् । ‘द भ्वाइस किड्स’की कोच समेत रहेकी अधिकारी निर्माण सिटौलासँग आज आइतबार विवाह बन्धनमा बाँधिएकी हुन् ।

झापाको बिर्तामोड चारपाने निवासी सिटौलासँग अधिकारीको झापाको बिर्तामोडको एक पार्टी प्यालेसमा भएको हो । गायक प्रताप दास तथा ‘द भ्वाइस किड्सका निर्माता सुशील नेपाल प्रविशाको विवाहमा उपस्थित भएका थिए ।

साथै विवाहमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको रहेको छ । प्रविशाको यहि मंसिर ३ गते निर्माणसँग इन्गेजमेन्ट भएको थियो । इन्गेजमेन्टका लागि प्रविशा केही दिन अगाडि मात्र झापा पुगेकी थिइन्

पेसाले इन्जिनियर रहेका अमेरिका निवासी निर्माण र प्रविशावीच मागी विवाह भएको हो । दुवै परिवारको सहमतिमा निर्माणसँग आफूले विवाह गर्न लागेको प्रविशाले केही अगाडि उनले बताएकी थिइन् ।

प्रविशा पछिल्लो समयकी चर्चित गायिका हुन् । चलचित्र र आधुनिक गरेर उनले थुप्रै गीतमा स्वर दिएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !