६ जेष्ठ २०८१, आइतबार

कान्तिपुर टिभीकी समाचारवाली श्री कसरी बनिन् घैलावाली ?

पल शाह र श्री पाण्डेको अभिनय रहेको “पानी मिठो” गीत सार्बजनिक


कान्तिपुर टिभीकी श्री पाण्डे पल शाहको प्रेममा

काठमाडौँ । कान्तिपुर टिभीकी समाचारवाली श्री पाण्डे घैलावालीमा बनेकी छिन् । श्री पाण्डेले पल शाहसँग रोमान्स गर्दै प्रेममा परेकी छन् । तर यो रियल लाइफमा नभएर रिल लाइफमा मात्र हो । पल शाह र श्री पाण्डेको अभिनय रहेको “पानी मिठो ” गीत युटुबमा सार्बजनिक भएको छ ।

लोकप्रिय गायक रवि थापा मगर र मेलिना राईको आवाज रहेको गीत ‘पानी मिठो’ को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । फिल्म मोशन प्रा.लिले पोस्ट पोष्ट प्रोडक्सन गरेको यस सुगम गीतमा टुरिष्ट जंग विकको शब्द र खेम सेन्चुरीको संगीत रहेको छ ।

8K Everest Motion Pictures युटुब च्यानल मार्फत रिलिज भएको यस गीतमा मेलिना राईको स्वर धेरै नै राम्रो भएको कारणले गर्दा बजारमा उनका धेरै गीतहरु बज्ने गर्दछन् । मोहित मुनालको एरेन्ज रहेको यस गीतमा श्यामस्वेत रसाईलीको मिक्सिङ्ग रहेको छ।

यस म्युजिक भिडियोमा कलाकारहरु पल शाह र श्री पाण्डेको अभिनय रहेको छ जसलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । भिडियोका कोरियोग्राफर दिपक राज सुनार हुन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन्।

उक्त गीत धेरै नै राम्रो बनेको कारणले गर्दा सबैको मनमा बस्न सफल भएको छ । छोटो समयमा धेरै दर्शकहरुको मायाको कारण यो गीतलाई अहिले सम्म धेरै दर्शकहरुले हेरिसकेका छन् ।

श्री पाण्डे एक संचारकर्मी हुन् । उनले एक पत्रकारितामा काम गर्ने हुनाले धेरैले चिनेका छन् । हेर्दा धेरै नै सुन्दर हिरोईन जस्तै देखिने श्री पाण्डेले बेला-बेलामा म्युजिक भिडियोमा खेल्ने गरेकी छन् । उनको अभिनयलाई पनि दर्शकले मन पराएका छन् ।

यस्तो छ भिडियो हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !