१२ श्रावण २०८१, शनिबार

गायक रवि ओडद्वारा प्रहरीसमक्ष आत्मसमर्पण


रवि ओड

काठमाडौं । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर ओडले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका ओडलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकै श्रीमतीले जाहेरी प्रहरीमा दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण ओड पक्राउ परेका थिएनन् । ओडकी श्रीमतीले गत चैत २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !