१४ बैशाख २०८१, शुक्रबार

नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिइन्


श्वेताको विवाह आज, मेहन्दीको रङहरुसँगै खुल्दै र जीवनको नयाँ पानाहरुमा भुल्दै (फोटो फिचर)

काठमाडौँ । नायिका श्वेता खड्काले आज मंसिर २२ गतेको लगनमा दोस्रो विवाह बन्धनमा बाँधिएकी छिन् । उनले आफ्ना प्रेमी विजयन्द्र सिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा दोस्रो विवाह गरेकी हुन् । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए ।

सीमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा श्वेता र विजयेन्द्रको हिन्दू परम्परा अनुसार विवाह भएको हो । उनीहरु १ वर्षदेखि प्रेम सम्बन्धमा थिए । दुई परिवारको सहमतिमा उनीहरुले विवाह गरेका हुन् ।

विवाहको अघिल्लो दिन स्वेताले गोकर्ण फरेस्ट रिसोर्टमा गरिएको मेहेन्दी कार्यक्रमको तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक गर्दै लेखेकी छन्, ‘मेहन्दीको रङहरु सँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म … ।’

श्वेताको यो दोस्रो विवाह हो । उनी स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी पहिली पत्नी हुन् । यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाहको १ महिनापछि श्रीकृष्णको उपचारका क्रममा मृत्यु भएको थियो । घर परिवार र साथीभाइबाट विवाहका लागि दबाब आएपछि खड्काले दोस्रो विवाह गरेकी हुन् ।

यो पनि पढ्नुहोस्

श्वेताको विवाह आज, मेहन्दीको रङहरुसँगै खुल्दै र जीवनको नयाँ पानाहरुमा भुल्दै (फोटो फिचर)

विहेको १ दिनअघि नायिका श्वेताले लेखिन् मन छुने फेसवुक स्टाट्स

मंसिर २२ मा लगनगाँठो कस्दै नायिका श्वेता खड्का, को हुन् उनका हुनेवाला दोस्रा पति

नायिका श्वेता खड्काको विवाह मंसिर २२ गते हुँदै, को हुन् नायिका खड्काकी दुलाहा ?

नायिका श्वेता खड्काले मंसिर २२ गते बिहे गर्दै, यस्तो छ उनको विवाहको कार्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !