२२ बैशाख २०८१, शनिबार

काठमाडौंका विभिन्न स्थानमा आजदेखि २२ गतेसम्म बिजुली जाने


विद्युत् कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि फागुन २२ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् लाइन अवरुद्ध हुने भएको हो ।

आज बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुने छ । महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

यस्तो छ नेपाल विद्युत प्राधिकरणले निकालेको सूचना

नेपाल विद्युत प्राधिकरणले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !