२२ बैशाख २०८१, शनिबार

काठमाडौंका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने


नेपाल विद्युत् प्राधिकरण

काठमाडौं । काठमाडौंका केही स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी गराएको हो ।

प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले आज बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

यस्तो छ हेर्नुहोस् नेपाल विद्युत प्राधिकरणले निकालेको सूचना

नेपाल विद्युत प्राधिकरणले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !