२२ बैशाख २०८१, शनिबार

ललितपुरका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुँदै


विद्युत् कटौती

काठमाडौँ । ललितपुरका विभिन्न क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुँदै छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

विद्युत् प्राधिकरण अनुसार चापागाऊ फिडर पाटनले चिवहाल गेटदेखि सिमाको चोकसम्म चापागांऊ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुनेछ ।

यस्तै विद्युत् सेवा गोदावरी नगरपालिका-११, १२ १३, ५ र ६ लेले, टिकाभैरव, नल्लु चापागाउ, टाखेल, ठेचो, झरुवारासि लगायतका स्थानहरुमा अवरुद्ध हुने विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

यस्तो छ हेर्नुहोस नेपाल विद्युत प्राधिकरणले निकालेको सूचना

नेपाल विद्युत प्राधिकरणले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !