२२ बैशाख २०८१, शनिबार

बक्यौता महसुल किस्तामा बुझाउने भए आवेदन दिन प्राधिकरणको आग्रह


नेपाल विद्युत् प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता विद्युत् महसुल रकम किस्ताबन्दीमा बुझाउन निवदेन दिन आग्रह गरेको छ । विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिनेका लागि ३० दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो ।

प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गर्दै एक महिनाभित्र निवेदन दिन किस्तामा बक्यौता महसुल बुझाउन चाहने उद्योग तथा कम्पनीहरूलाई आग्रह गरेको हो ।

यही पुस १६ गतेको प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिनेछ ।

समयमै विद्युत् महसुल नबुझाउने उद्योगको लाइन प्राधिकरणले काटिएको छ । उद्योगीहरुले डेडिकेटेड र ट्रंकलाइन विवादका कारण ८५ हजारले रोजगारी गुमाएको बताउँदै आएका छन् ।

यस्तो छ नेपाल विद्युत प्राधिकरणले निकालेको सूचना

यस्तो छ नेपाल विद्युत प्राधिकरणले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !