२२ बैशाख २०८१, शनिबार

नेपाल विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)


नेपाल विद्युत् प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । विद्युत् प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको हो ।

आज शुक्रबार सूचना जारी गर्दै खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ। ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो।

प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ ।

खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले सार्वजनिक सूचनामार्फत आवेदन मागेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।

नेपाल विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !