२३ बैशाख २०८१, आइतबार

बाजुरामा विवादका कारण मतगणना स्थगित


बाजुरामा मतगणना

बाजुरा । बाजुरामा मतगणना स्थगित गरिएको छ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको हिजोदेखि सुरु गरिएको मतगणना विवादका कारण फेरि गणना रोकिएको हो ।

बाजुराको हिमाली गाउँपालिका–६ स्थित धिम मतदान केन्द्रमा गरिएको मुचुल्काभन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको हो । प्रतिनिधिसभातर्फको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ३० मतपत्र बढी भेटिएपछि गणना रोकिएको हो ।

मुख्य निर्वाचन अधिकृतले मुचुल्काअनुसार २३१२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा २३४२ मतपत्र भेटिएपछि नेकपा (एमाले) का प्रतिनिधिले विरोध गरेपछि मतगणना स्थगित हो ।

प्रतिनिधिसभा सदस्यतर्फ बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेको अग्रता कायम रहेको छ भने एमालेका उम्मेदवार कर्णबहादुर थापा दोस्रो स्थानमा रहेका छन् ।

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फको ७५१० मतगणना हुँदा कांग्रेसका पाण्डेले पाण्डेले ४२१४ मतसहित अग्रता लिएका छन् भने एमालेका थापाले ३०६६ मत ल्याएर पाण्डेलाई पछ्याइरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !