१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँ क्षेत्र नं ५ : काँग्रेसका प्रदीप पौडेलको जित सुनिश्चित


© nepalpatra.com

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलको जित सुनिश्चित भएको छ ।

काँग्रेसका पौडेलले प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेललाई गणना गर्न बाँकी रहेको ३ हजार ५४९ मत भन्दा बढी ४ हजार ५७८९ मतको फराकिलो मतान्तर कायम राखेकोले उनको जित सुनिश्चित भएको हो ।

कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले १४ हजार ८३ मत प्राप्त गरेका छन् भने एमालेका पोखरेलले ९ हजार ५०४ मत ल्याएका छन् ।

यस क्षेत्रमा कूल ७० हजार नौ सय १९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार नौ सय ९७ मत खसेको थियो । काठमाडौँ क्षेत्र नं ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु