एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान Nepalpatra एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान
१८ मंसिर २०७९, आइतबार

एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान


केपी शर्मा ओली मतदान

भक्तपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाट मतदान गरेका हुन् ।

उनले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गरेका हुन् । आज बिहान ११ बजे मतदान गर्ने भनिएपनि अध्यक्ष ओलीले भर्खरै मतदान गरेका हुन् ।

झापा क्षेत्र नम्वर ५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुर क्षेत्र नम्वर २ को सूर्यविनायक नगरपालिका-२ बालकोटमा रहेकोले ओलीले आफैँलाई मतदान गर्न पाएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !