८ बैशाख २०८१, शनिबार

एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान


केपी शर्मा ओली मतदान

भक्तपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाट मतदान गरेका हुन् ।

उनले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गरेका हुन् । आज बिहान ११ बजे मतदान गर्ने भनिएपनि अध्यक्ष ओलीले भर्खरै मतदान गरेका हुन् ।

झापा क्षेत्र नम्वर ५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुर क्षेत्र नम्वर २ को सूर्यविनायक नगरपालिका-२ बालकोटमा रहेकोले ओलीले आफैँलाई मतदान गर्न पाएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !