१४ बैशाख २०८१, शुक्रबार

एसईई नतिजा: प्रदेश ३ सबैभन्दा बढी, कर्णाली र सुदूर धेरै कमजोर


असार १२, काठमाडौं । यस वर्षको एसईई नतिजामा प्रदेश ३ सबैभन्दा उच्च जीपीए अंक (३.६०–४.०) ल्याउने परीक्षार्थीको अंक अनुपात हेर्दा प्रदेश ३ सबैभन्दा अब्बल र कर्णाली सबैभन्दा कमजोर ठहरिएको छ ।

एसईमा प्रदेश ३ बाट १० हजार ८६ परीक्षार्थीले उच्च जीपीए अंक ल्याएका छन् । कुल सहभागी परीक्षार्थीको अनुपातमा ९ दशमलव ५९ प्रतिशत हो । कर्णाली प्रदेशबाट ०.४४ प्रतिशत परीक्षार्थीले उच्च जीपीए अंक ल्याउन सफल भएका छन् ।

सुदूरपश्चिम प्रदेश कमजोरमा परेको छ । ० दमलव ५ प्रतिशत परीक्षार्थीले उच्च जीपीए अंक ल्याएका छन् । यस्तै प्रदेश १ बाट २ दशमलव ४५, प्रदेश ५ बाट २ दशमलव २२ तथा प्रदेश २ बाट १ दशमलव ४० परीक्षार्थीले उच्च जीपीए अंक ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !