१५ बैशाख २०८१, शनिबार

धर्मप्रचारक विश्वविद्यालयसँग किन सम्झौता ?


TU Central Office

२१ जेठ, काठमाडौं । सत्तारूढ नेकपाका नेता एवं सांसद भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि दिने दक्षिण कोरियाको काङनाम विश्वविद्यालयसित त्रिभुवन विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालन सम्झौताबारे सरकारसँग जवाफ मागेका छन् ।

‘बजेटमा शिक्षामा सुधार गर्ने कुरा गर्ने तर व्यवहारमा भने धर्म प्रचारको आरोपलागेको संस्थासँग त्रिविले सम्झौता गर्ने ?’उनले प्रतिनिधिसभाको सोमबारको बैठकमा आक्रोश पोखे ।

त्रिविले कोरियाको उक्त विश्वविद्यालय धर्म प्रचारमा जोडिएको भन्दै डेढ दशकअघिको सम्झौता तोडेको थियो । त्यही विश्वविद्यालयले गत बुधबार काठमाडौंमा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । त्यसपछि फेरि सम्झौता गरिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !