२० बैशाख २०८१, बिहिबार

शैक्षिक गुणस्तर बढाउन नैतिक शिक्षा


Nepalpatra

२६ पुस, खस्यौली । निजी विद्यालयमा शैक्षिक गुणस्तर बढाउन नैतिक शिक्षालाई प्राथमिकतामा राख्न शिक्षक सहमत भएका छन् ।

आज रुपन्देहीको सैनामैना नगरपालिकामा रहेका विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिकालाई सूचना प्रविधिमा अध्यापन गराउने विषयमा दिएको तालीममा उनीहरुले नैतिक शिक्षाबाट सभ्य, संस्कारयुक्त समाजको निर्माण हुने विचार व्यक्त गरे ।

उक्त अवसरमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नैतिक शिक्षाको बलमा नै शैक्षिक गुणस्तर बढ्ने उल्लेख गर्दै अहिले सबै विद्यालयमा नैतिक शिक्षाको अभाव देखिएको छ भन्नुभयो । उहाँले अहिलेको समयमा सूचना, प्रविधिको आत्मसाथ गर्दै अघि बढ्न आवश्यक भएकोमा जोड दिनुभयो ।

सैनामैना संस्थागत विद्यालय सङ्गठनका अध्यक्ष कृष्णप्रसाद शर्माले नैतिक शिक्षा सबैकोे चासोको विषय भएको उल्लेख गर्दै नैतिक शिक्षालाई अध्यापन गराउन आफूहरु उत्सुक भएको बताउनुभयो । १८ निजी विद्यालय रहेको सैनामैनामा करीब ५०० शिक्षक तथा शिक्षिका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !