२० बैशाख २०८१, बिहिबार

यी हुन् त्रिविको उपकुलपतिका लागि आवेदन दिने ४३ जना


त्रिभुवन विश्वविद्यालय

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाले दरखास्त दिएका छन् । त्रिभुवन विश्वविद्यालयको उपुकलपति बन्न ४३ जनाले दरखास्त दिएका हुन् ।

दरखास्त दिनेमा बहालवाल उपकुलपति, पूर्वउपकुलपति, डिन, विभागीय प्रमुखदेखि पूर्व पदाधिकारी र प्राध्यापकसम्म रहेका छन् । खुला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति नियुक्त गर्न आवेदन माग गरिएको थियो ।

उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि गत कात्तिक १६ गतेदेखि सकिएको थियो। कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कात्तिक १७ गते प्रा.डा. शिवलाल भुसाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी तोकेका थिए ।

पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति लेखनाथ शर्मा, त्रिविकै पूर्वउपकुलपति तीर्थ खनियाँ, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह, गण्डकी विश्वविद्यालयका उपकुलपति नवराज देवकोटाले त्रिवि उपकुलपतिका लागि आवेदन दिएको समितिले जनाएको छ।

यस्तै चन्द्रमणि पौडेल, कुसुम शाक्य, गुणनिधि न्यौपाने, भीमसेन देवकोटा, कृष्णराज तिवारी, चित्रबहादुर बुढाथोकी, इन्द्र कार्की, महानन्द चालिसे, त्रिरत्न बज्राचार्य, केदारनाथ घिमिरे, राजकुमार पोखरेल, गोविन्द सुवेदी, संगीता रायमाझी, टंकनाथ धमला, प्रकाश घिमिरे, भोजराज अर्याल र एकराज ओझाले पनि उपकुलपतिका लागि आवेदन दिएका छन्।

साथै बालमुकुन्द रेग्मी, देव खड्का, अक्कलदेव मिश्र, प्रमोदकुमार झा, आनन्दबल्लभ जोशी, सञ्जय आचार्य, नारायणप्रसाद बेल्वासे, ऋदीशकुमार पोखरेल, ज्ञानेन्द्र पौड्याल, विनयकुमार झा, सूर्य थापा, बेदनाथ शर्मा, शुभनारायण पाठक, हेमराज पन्त, रामचन्द्र बस्नेत, विनोद पराजुली, महेन्द्र शर्मा, रामप्रसाद रेग्मी, नारायण पाठक र प्रकाश घिमिरेले त्रिवि उपकुलपतिमा आवेदन दिएको समितिको भनाइ छ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्ने प्रतिबद्धता जनाएका थिए । रामचन्द्र पौडेल, विभिन्न राजनीतिक दलका नेता तथा विद्यार्थी संघसंगठनहरूले पनि त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्न प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराउँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !