१९ बैशाख २०८१, बुधबार

त्रिविको चेतावनी : नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने


त्रिभुवन विश्वविद्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालयले एक सूचना जारी गर्दै नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो ।

त्रिविले मंगलबार ‘त्रिविबाट सम्बन्धन प्रदत्त क्याम्पसहरूलाई अत्यन्त जरुरी सूचना’ जारी गरी कतिपय क्याम्पसले अझै सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरूलाई त्रिविको नियमानुसार खारेज गर्ने जानकारी दिएको हो ।

सम्बन्धन प्रदत्त क्याम्पसहरुले हालसम्म पनि नवीकरण गरेको नपाइएकोले त्रिविले यस्तो चेतावनी दिएको हो । यस विषयमा कुनै मनासिब कारण भए आगामी वैशाखसम्म सम्बन्धित डिन कार्यालयमा निवेदन दिन भनिएको छ ।

त्रिविले यस्ता कलेजहरूलाई नवीकरण नगर्नुको कारण खुलाउन एक महिना समयसमेत दिंदै नवीकरण हुनुको कारण खुलाएर २०८० वैशाख मसान्तभित्र जानकारी गराउनसमेत त्रिविले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ । नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ ।

यस्तो छ हेर्नुहोस् त्रिविले निकालेको सूचना

त्रिविले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !