३० असार २०८२, सोमबार

त्रिभुवन माबि बेलाटारीको अभिभावक भेला सम्पन्न, नयाँ ब्यवस्थापन समिति चयन


त्रिभुवन माबि बेलाटारीको अभिभावक भेला सम्पन्न

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका-९ बेलाटारीमा अवस्थित नमूना बिद्यालय त्रिभुवन माविको अभिभावक भेला आज सम्पन्न भएको छ ।

आज सम्पन्न भएको उक्त भेलाको बन्द सत्रले नयाँ बिद्यालय ब्यवस्थापन समिति गठनको लागि स्थानीय शिक्षा नियमावली अनुसार अभिभावकहरु मध्येबाट ४ जना सदस्यहरु सर्वसम्मत चयन गरेको छ ।

चयन हुनेमा सिमा मल्लाह, सन्तोष कुमार हरिजन, युबराज मौर्य र केदारनाथ पाण्डे रहनु भएको छ । मनोनित सदस्य केदारनाथ पान्डे भुतपुर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष श्री काशीनाथ हरिजनको अध्यक्षता, प्रतापुर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्री यादव चन्द्र विष्टको प्रमुख आतिथ्यता र प्रतापुर गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष श्री हेमेन्द्र कुमार पन्जियार, सोही गाउँ पालिका वडा नम्बर ८ का अध्यक्ष श्री कादिर अलि अन्सारीको बिशिष्ठ आतिथ्यमा भएको उद्घाटन सत्रमा बिधालयका प्रध्यानाध्यापक श्री नारद ठाकुरले बिधालयको आगामी शैक्षिक सत्रको अनुमानित बजेट तथा कार्यनीति प्रस्तुत गर्नुभएको थियो ।

बिद्यालयका सहायक प्रधानाध्यापक आत्मराम ढकालको स्वागत मन्तव्यबाट शुरु भएको भेलामा बोल्दै प्रमुख अतिथि विष्टले बिद्यालयको शैक्षिक बिकासका लागि अभिभावकहरुको महत्त्वपूर्ण भुमिका हुनुपर्ने भन्दै बिद्यालयलाई रचनात्मक सुझाव दिन सक्ने नेतृत्व आओस् भन्ने शुभकामना दिनुभयो ।

त्रिभुवन माबि बेलाटारीको अभिभावक भेला सम्पन्न

त्यस्तै विशिस्ट अतिथि हेमेन्द्र कुमार पन्जियारले अन्य बिधालय भन्दा यस बिद्यालयको आवश्यकता बढी रहेकोले सोही अनुसार सहयोग गर्न वडा कार्यालय लागिरहेको बताउनुभयो । भेलामा बोल्ने अतिथिहरु लगायत सबै बक्ताहरुले बिद्यालयको विकासमा बिद्यालय र समुदायको सुमधुर सम्बन्धले मुख्य भूमिका खेल्ने कुरामा जोड दिनुभएको थियो ।

बिद्यालयका अर्का सहायक प्रध्यनाध्यापक सुरेन्द्र कुर्मीले संचालन गर्नु भएको अभिभावक भेलामा बिद्यालयको भौतिक विकासमा भूमिका खेल्ने डिल्लीराम काफ्ले, श्री कृष्णमुरारी कुशवाहा, विद्या कुर्मी तथा लामो समयसम्म यसै बिद्यालयमा सेवा गरी भखरै अवकाश लिनुभएको शिक्षिका भगवती पन्जियारलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

त्रिभुवन माबि बेलाटारीको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण सम्पन्न

त्रिभुवन माध्यमिक बिद्यालय बेलाटारीको अभिभावक भेला सम्पन्न

प्रजातन्त्र दिवसमा त्रिभुवन नमुना माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

बृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !