८ बैशाख २०८१, शनिबार

बृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न


planting Planting program Nepal

नवलपरासी , १५ जेठ । पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका ९ मा रहेको त्रिभुवन मा.वि. बेलाटारिले आज आयोजना गरिएको बृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न  भएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको उद्घाटन विधालयका प्रधानाध्यापक बृजेश कुमार गुप्तले धार्मिक महत्व बोकेको निमको रुख रोपेर गरेका हुन ।

त्यसतैगरी बिधालय कम्पाउन्ड भित्र बिभिन्न खालका बिरुवाहरु रोपेको प्रधानाध्यापक गुप्तले जानकारी दिए  ।

किताबी ज्ञानका अलाबा मानव र  बनस्पतिवीचको अन्तर समबन्ध फूड साइकलमा बनस्पतीको भूमिका जस्ता आदिको बारेमा ज्ञान दिने उदेश्यले सबै उमेर समुहका बालबालिकाहरुलाई सकृय बनाइएको थियो ।

बातावरणको रक्षा गर्नु भनेको सिङ्गो मानव जातिको रक्षा गर्नु हो भन्ने बुझाउन र सोही अनुकुल आचरण गरुन् भनेर नै विधार्थीहरु परिचालन गरी निम्, जामुन्, कदम्, अशोक तुलसी तथा सयपत्री फुल रोपिएको बातवरण शिक्षक सुरेन्द्र कुर्मी बताउछन् ।

सरसफाइ तथा बृक्षारोपण कार्यक्रममा शिक्षक तथा बिधार्थीहरुको उपस्थिती रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !