१३ बैशाख २०८१, बिहिबार

प्रजातन्त्र दिवसमा त्रिभुवन नमुना माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत


प्रजातन्त्र दिवसमा त्रिभुवन नमुना माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको शैक्षिक धरोहर त्रिभुवन नमुना माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत स्वागत गरिएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर यस विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरुको कक्षा १२ का विद्यार्थीहरुले हिजो शुक्रबार एक औपचारिक कार्यक्रमका वीच स्वागत गरेका हुन ।

प्रमुख अतिथी तथा विद्यालयका प्रधानाध्यापक नारद ठाकुरले विद्यालयको विगत देखिको परम्परालाई विद्यार्थीहरुले यस बर्ष पनि निरन्तरता दिएकोमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुले राम्रोसँग विद्यालयको नीति र नियममा रहेर अध्ययन गर्न सुझाव दिदै कुनै समस्या आइपरेमा निर्धक्क रुपमा विद्यालयमा समस्या राख्न समेत सुझाव दिनुभयो ।

उक्त स्वागत कार्यक्रमको विशिष्ट अतिथीको रुपमा पाल्नुभएका शिक्षक अभिवावक सङ्घका सद्स्य चन्दा देवी चौधरीले गाउँपालिका स्तरीय भलिवल प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल त्रिभुवन माविका छात्रहरु लगायत खेलकूद शिक्षकहरूलाई सम्मानित गर्नुभएको थियो ।

कक्षा १२ का विधार्थी दीपेन्द्र हरीजनको सभापतित्व रहेको कार्यक्रममा सहायाक प्रधानाध्यापकद्वय आत्मराम ढकाल र सुरेन्द्र कुर्मी, विज्ञान संकायका संयोजक दिपकराज तिवारी, प्राविधिक समुहका संचालक व्यासमुनी कुशवाहा, सिटिभिटीका संयोजक मोहन अर्याल, विद्यालयका अन्य शिक्षक तथा कर्मचारीको उल्लेखनीय सहभागिता रहेको थियो ।

सहायक प्रधानाध्यापक आत्माराम ढकालले नमूना विद्यालयमा पढन पाएकोमा गर्व ठानी आफनो अध्ययनलाई समेत नमूना बनाऊन विद्यार्थीलाई आग्रह समेत गर्नुभयो । सोही अवसरमा विधार्थीहरुद्वारा प्रस्तुत गरिएको निर्त्यले कार्यक्रमलाई थप उल्लासमय बनाएको विद्यालयका लेखापाल नरेन्द्र राज कँडेलले जानकारी दिनुभयो । कार्यक्रमको संचालन कक्षा १२ का विद्यार्थीद्वय अनेस यादव र प्रियंका गुप्ताले गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !