८ बैशाख २०८१, शनिबार

त्रिभुवन माध्यमिक बिद्यालय बेलाटारीको अभिभावक भेला सम्पन्न


त्रिभुवन माध्यमिक बिद्यालय बेलाटारीको अभिभावक

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापुर गाउपालिका-९ स्थित त्रिभुवन माध्यमिक बिद्यालय बेलाटारीको अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रम प्रतापुर गाउपालिका वडा-८ का वडा अध्यक्ष कादिर अलि अन्सारीको प्रमुख अतिथित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष अन्सारीले सामुदायिक बिद्यालयमा पनि अब नीजि बिद्यालय सरह गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताउनु भयो । बिद्यालयका प्राचार्य नारद ठाकुरको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा बोल्दै ठाकुरले बिद्यालयको चौतर्फी बिकासको लागि शिक्षक अभिभावक र विधार्थी वीचको त्रिकोणात्मक सम्वन्ध अपरिहार्य रहेको बताउनुभयो । शिक्षक अभिभावक सङ्घका अध्यक्ष काशीनाथ हरिजन, बिभिन्न समाज सेवी तथा शिक्षासँग सरोकार राख्ने विशिष्ट ब्यक्त्तिवहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

विधालयका सहायक प्रधानाध्यापक आत्मराम ढकालले भखरै सम्पन्न भएको अर्धवार्षिक परिक्षाको प्रतिवेदन बिद्यार्थी तथा अभिभावक माझ प्रस्तुत समेत गरिएको कार्यक्रममा बिद्यालयले अब छिटै कमजोर बिद्यार्थीको लागि विशेष उपचारात्मक कक्षा संचालन गर्न लागेको र अभिवावकबाट सहयोगको अपेक्षा समेत गर्नुभयो । कोरोनाको कारण शैक्षिक सत्रको अन्ततिर संचालन भएको अभिभावक भेला कार्यक्रमको संचालन यसै बिद्यालयका अर्का सहायक प्रधानाध्यापक सुरेन्द्र कुर्मीले गर्नु भएको थियो ।

त्रिभुवन माध्यमिक बिद्यालय बेलाटारीको अभिभावक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !