१९ बैशाख २०८१, बुधबार

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने


राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण यसअघि स्थगित भएको परीक्षा भदौ ३० गतेदेखि सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम हुने गरी सञ्चालन गर्न लागिएको हो ।

आज बुधबार बोर्डले परीक्षा तालिका सार्वजनिक गर्दै ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन हुने जनाएको हो । योसंगै परीक्षा विद्यार्थीहरुको भौतिक उपस्थितिमै हाेम सेन्टरबाटै सञ्चालन हुने भएको हो ।

परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । यसअघि ३१ साउनदेखि ताेकिएकाे परीक्षा कोभिड-१९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएकाे थियो ।

यस्तो छ हेर्नुहोस् परीक्षा तालिका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !