१५ बैशाख २०८१, शनिबार

अन्तर्राष्ट्रिय बजार अनुसार कहिले हुन्छ पेट्राेलियम पदार्थको मूल्य समायाेजन


Editorial

नेपालपत्र, २४ जेठ २०७५ । नेपालमा पछिल्लाे समय पटक पटक पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि भइरहेकाे छ । ‘स्वचालित मूल्य नीति‘ अपनाइएको भन्दै सरकारले निगमलाई मूल्य बढाउन अपेक्षाकृत स्वतान्त्रता दिएको छ । अहिले त्यही स्वचालित मूल्य नीतिअन्तर्गत मूल्य समायोजन गर्ने कार्य भइरहेको दाबी अायल निगमकाे छ । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको बेलामा पनि नेपालमा भने मूल्य बढ्ने गरेको छ । विगतदेखि अहिलेसम्म नेपालमा अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाे समयमा घटेकाे अवस्था पाइदैन तर धेरैजसाे समय मूल्य बढिरहेकाे मात्र छ । त्यतिमात्र हाेइन अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा बढेकाे अवस्था भने पटक पटक देख्न सकिन्छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नेपालमा भने पेट्रोलियम पदार्थको मूल्य बढेको पछिल्लो उदाहरण गत शनिवारको मूल्यवृद्धि हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलरबाट ७६ मा झरेकै बेला नेपालमा भने ११० रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य बढेर ११३ रुपैयाँ पु¥याइएको छ ।

नेपालमा मुल्यवृद्धि हुनुकाे कारणकाे रूपमा तस्करी नियन्त्रणलाई मुख्य कारण मानिएकाे छ । साथै निगमले अाफ्नाे कमजाेरी ढाकछाेप गर्नलाई र अनुगमन गरेर दाेषीलाई कारवाही गर्नुकाे सट्टा मुल्यवृद्धि नै सबै समस्याकाे समाधानकाे रूपमा लिएकाले याे अवस्था सिर्जना भएकाे हाे जसकाे प्रत्यक्ष मार उपभोक्ताले व्यहोर्नुपरेको छ ।

आयल निगमलाई राजनीतिक र प्रशासनिक उच्चपदाधिकारीले दोहन गर्न छाड्ने, भ्रष्टाचार तथा चुहावट नियन्त्रण गर्ने एवं व्यवस्थापनमा सुधार गर्ने हो भने पक्कै पनि तेलको मूल्य बजारकै भरमा छाड्दा पनि नेपाली उपभोक्ताले ठगिएको ठान्ने थिएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !