१४ बैशाख २०८१, शुक्रबार

युवापुस्ताकाे लागि क्रिकेटका सन्दीप अाइडल बन्न सफल


Editorial

नेपालपत्र, ९ जेठ २०७५ । नेपाली यू १६ टोलीका लेग स्पीनर सन्दीप लामिछानेलाई अहिले बधाई दिनेहरूकाे भीड लागेकाे छ । नेपाली क्रिकेटका युवा खेलाडी सन्दीप लामिछानेलाई डिल्ली डियरडेभिल्सले अनुबन्ध गरेसँगै उनकाे चर्चा चुलिएकाे थियाे । त्यतिमात्र हाेईन याे पटककाे अाईपीएल नेपालीका लागि सन्दीपका कारण धेरै लाेकप्रिय भएकाे थियाे । त्यतिमात्र हाेइन सन्दीपले अाईपीएलमा पाएकाे अवसर र सफलताले उनी मात्रै चर्चित भएनन् नेपाललाई विश्वमा प्रचार प्रसार गर्नसमेत ठूलाे भूमिका निर्वाह गरे ।

१७ वर्षकाे कलिलाे उमेरमा उनले पाएकाे सफलता र चर्चाले नेपाली युवापुस्ताका लागि वर्तमान अवस्थामा अाइडल बनेका छन् । सानै उमेरमा उत्कृष्ट खेल प्रदर्शन गरेर अनुभवी खेलाडीलाईसमेत दबावमा राख्न सफल उनी अहिले सबैतिर चर्चाकाे पात्र बनेका छन् ।

लेग स्पीनर सन्दीप लामिछानेलाई टाटा मोटर्सले टाटा टिगोर कार उपहार दिने भएको छ । टाटा मोटर्सले सन्दीप लामिछानेलाई ३ वर्षका लागि ब्राण्ड एम्बेस्डर बनाएर करीब ३३ लाख रुपैयाँ मूल्य पर्ने टाटा टिगोर कार उपहार दिन लागेको हो । त्यतिमात्र हाेइन कार उपहार पाउँदा लाग्ने लाभकरबापतको सम्पूर्ण रकम पनि टाटाले नै ब्यहोर्ने जनाइएको छ । अाईपीएलमा डिल्लीले २० लाख भारूमा अनुबन्ध गरेकाे थियाे । यसरी हेर्दा उनले सानै उमेरमा पनि राम्राे कमाइ गरि व्यवसायीक खेलाडी बन्ने वाटाेमा लागेका छन् । नेपाल क्रिकेट संघमा भइरहेकाे विवादकावीच पनि नेपाली खेलाडीकाे मनाेवल उच्च रहेकाे कारण सन्दीपवाट उत्कृष्ट प्रदर्शन देखियाे ।

अब युवापुस्ताले जागिर खानेभन्दा पनि जागिर दिने साेच राख्न सकेमा धेरै लाभदायक हुनेछ । अन्य युवाहरूले सफलता पाउन कुनै नाैलाे कार्य नगरेर गरिरहेकाे कामलाई नै व्यवस्थित गर्न सकेमा सफलता टाढा छैन । अझ सन्दीपकाे जस्तै अवसर अन्य खेलाडीी ले वा युवाहरूले पाउने सम्भावना धेरै छ । युवापुस्ताकाे लागि अाइडल मात्रै बनेनन् तर प्रेरणाका स्राेतसमेत बन्न पुगेका छन् ।

विदेश मात्रै सबैथाेक हाे भन्ने मानसिकतामा बढेका हामीले अब चाहिँ नेपाल चिनाउन र सफलता पाउन धेरै गाह्राे छैन भनेर बुझ्न र बुझाउन जरूरी छ । नेपाल अवसरकाे खानी हाे र समयमा पहिचान गर्न सकेमा सफलता पाउनु कुनै नाैलाे विषय हाेइन र हुने छैैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !