१४ बैशाख २०८१, शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई तीन तीन स्थानमा नागरिक अभिनन्दन किन?


Editorial

नेपालपत्र, २५ वैशाख २०७५ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी वैशाख २८ गते नेपालकाे दुई दिने अाैपचारिक भ्रमणमा अाउँदै हुनुहुन्छ। विश्वकाे अर्थतन्त्रमा ठूलाे स्थान हाँसिल गरेकाे देश र अाफ्नाे छिमेकी देशकाे प्रधानमन्त्रीलाई नेपालमा स्वागत गर्न पाउनु नेपालकाे अवसर हाे । तर नेपाल एक स्वतन्त्र राष्ट्र भएकाे र अाफ्नाे छुट्टै स्वाभिमान रहेकाले धेरै झुकेर सहानुभूति लिनु पनि देशकाे हितकर पक्कै हाेइन ।

हाे, अतिथिलाई सत्कार गर्नुपर्छ तर सत्कारकाे नाममा लाचार हुनु जायज हाेइन । किन भारतीय प्रधानमन्त्रीलाई यति धेरै सम्मान गर्न लागिएकाे हाे ? भारतले करिब तीन वर्ष अगाडि लगाएकाे नाकाबन्दीकाे लागि धन्यवाद दिएर गुन तिर्न नै नागरिक अभिनन्दन गर्न लागिएकाे हाे? त्याे पनि एक स्थानमा नभएर, माेदी पुग्ने सबै स्थानमा नागरिक अभिनन्दन गर्ने कार्यतालिका सार्वजनिक भएकाे छ । तर अाखिर किन? माेदीले नेपालकाे हितकाे लागि के नै स्मरणीय काम गरे जसले गर्दा उनलाई नेपालीले सम्मान गर्नुपर्ने? सरकारले यस विषयमा भारतीय प्रधानमन्त्रीकाे नेपाल भ्रमण अगाडि नै जवाफ दिनु अावश्यक छ । नत्र जनताकाे सरकारप्रतिकाे अाशा र भराेसा टुट्ने अवस्था अाउन सक्छ ।

अर्काे कुरा प्रदेश नं. दुइले माेदीकाे जनकपुर भ्रमणलाई पर्वकाे रूपमा मनाउन सर्वसाधारणलाई अाव्हान गरेकाे छ । के नागरिककाे इच्छा बुझ्दै नबुझि कुनै कुरा लाद्नु नै लाेकतन्त्र र गणतन्त्र हाे र? त्यतिमात्र हाेइन अाफ्नाे देशकाे प्रधानमन्त्रीकाे कुनै चासाे नराख्ने र महत्व नदिने प्रदेश दुइले छिमेक देशकाे प्रधानमन्त्रीकाे यसरी गर्न लागिएकाे स्वागतलाई गम्भीर भएर साेच्नु पर्नेछ । याे विषय अाज हेर्दा कुनै गम्भीर प्रकृतिकाे नदेखिए पनि किन माेदी काठमाण्डाै अाउनु अगाडि सिधै जनकपुर अाउँदैछन् भन्ने विषयलाई हल्का रूपमा लिनु उचित नहुन सक्छ, यसले दिर्घकालमा ठूलाे असर पार्न नि सक्छ। बेलामै सचेत हुन सके सम्भावित जाेखिम न्युनिकरण गर्न सकिन्छ ।

नागरिक अभिनन्दन भनेकाे त सम्भवत स्वात-स्फुर्त रूपमा कसैले गरेकाे याेगदानकाे कदर गरेर दिइने उच्च सम्मान हाे । तर माेदीले नेपाल र नेपालीकाे हितकाे लागि के त्यस्ताे याेगदान पुर्याएका छन् र  उनी तीन तीन ठाउँमा उच्च नागरिक सम्मान पाउन याेग्य भएका हुन यसकाे जवाफ नागरिकले ढिलाे या चाँडाे अवश्य सरकारसँग खाेज्ने नै छन् ।

अतिथिकाे सत्कार गर्नुपर्छ तर सत्कारकाे नाममा चाहिनेभन्दा बढि तामझाम अावश्यक छैन । हामीले जति नै सत्कार गरे पनि जबसम्म भारतीय हस्तक्षेप र प्रभाव राेकिदैन तवसम्म विकास र प्रगतिमा प्रत्यक्ष वा अप्रत्यक्ष भारतकाे नकारात्मक भूमिका रहिरहन्छ र नेपालकाे उन्नतिकाे वाधक भारत न‌ै हुन्छ । सरकारले माेदीलाई खुसी पार्न जसरी अाफ्नै जनताकाे मन दुखाउने चेष्ठा गरिरहेकाे छ याे वर्तमान सरकारकाे लागि प्रत्युत्पादक नबन्ला भन्न सकिन्न ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !