१४ बैशाख २०८१, शुक्रबार

धरहराकाे पुन: निर्माण कहिले सकिन्छ सरकार !


Editorial

धरहराकाे पुन: निर्माण कहिले सकिन्छ सरकार!
नेपालपत्र, २३ वैशाख २०७५ । वि. सं. २०७२ सालकाे भूकम्पले काठमाण्डाैका अधिकांश ऐतिहासिक सम्पदाहरूमा क्षति पुगेकाे थियाे । काठमाण्डाैकाे अाकर्षणकाे रूपमा धरहरा पनि भूकम्पले ढालिदियाे । यसरी भूकम्पले क्षति गरेकाे तीन वर्ष पुरा भइसकेकाे छ तर अझै कहिले पुनःनिर्माण सुरू हुने टुङ्गाे छैन । अघिल्लाे पटक केपि अाेली प्रधानमन्त्री हुँदा म बनाउँछु धरहरा भन्ने अभियान चलाएपनि त्यसले सार्थक रूप लिन सकेन । यस पटक फेरि पनि केपि अाेली नै प्रधानमन्त्री बनेका छन् र भूकम्प अाएकाे तीन वर्षपछि प्रधानमन्त्रीले फेरि पनि मै बनाउँछु धरहरा भन्ने नारा नै लगाए पनि त्यस काममा कुनै प्रगतिकाे अाभाष देखिएन ।

याे विचमा सरकारी स्वामित्वकाे नेपाल टेलिकमले धरहरा बनाउने जिम्मा लियाे । टेलिकमले धरहरासँगै त्यस क्षेत्रलाई व्यापारिक प्रयाेजनकाे भवन बनाउने निर्णय गरेपछि चाैतर्फि बिराेध भयाे र अन्त्यमा धरहरा बनाउने निर्णयवाटै पछि हट्याे । नेपालकाे ऐतिहासिक महत्वकाे रूपमा रहेकाे धरहरा जसले सहरकाे साैन्दर्य मात्र बढाएकाे थिएन जीवित ईतिहास सुरक्षित राखेकाे थियाे । धरहरा नेपालीकाे मात्र अाकर्षण नभएर विदेशीलाई समेत चासाेकाे विषय बनेकाे थियाे । भिमसेन थापाकाे पाला निर्माण भएर नेपालकाे ईतिहास बाेकेकाे याे सम्पदाकाे भूकम्पले पारेकाे क्षतिले एउटा सिङ्गाे ईतिहास नै हराउने अवस्थामा पुगेकाे छ ।

भूकम्पपछिका तीन वर्षमा पुनर्निर्माण र पुनःस्थापनामा राज्यको भूमिका हेर्ने हो भने यो देशमा संवेदना र क्षमता नभएकाहरूले राज गरेको स्पष्ट देखिन्छ । राज्यले पुनर्निर्माणका लागि अलग्गै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरे पनि भूकम्प पीडितलाई दिने भनिएको अनुदानसम्म पनि बेलामा वितरण हुनसकेन । अझै पनि कतिपय भूकम्पपीडित परिवार अस्थायी टहरामै छन् । विद्यालय, स्वास्थ्य चौकीजस्ता सार्वजनिक सेवाका स्थलहरूको मर्मत हुन सकेको छैन ।

सरकारको निकम्मापनको सबैभन्दा दयनीय उदाहरण त सम्पदाको पुनर्निर्माणमा देखिएको छ । अर्थात्, निजी र सार्वजनिक दुवै क्षेत्रमा सरकारले भूकम्पपीडितको पुनःस्थापनाका लागि गर्नुपर्ने काम गर्न सकेन । यसरी सरकारले अाफ्नाे सकृय भूमिका खेल्नुपर्नेमा सर्वसाधारणकाे अाँखामा छाराे हालेर समस्याबाट अाेझेल हुने प्रयासमा मात्र लागेकाे पाइन्छ । त्यतिमात्र हाेइन सञ्चार माध्यमले पनि वर्षमा एकदिन याे विषय उठाउने तर त्यसपछि कहिल्यै त्यसमा भएकाे प्रगतिकाे वारे जानकारी नलिएकाेे र खबरदारी नगरेकाे कारण न‌ै साेचेअनुरूप काम अगाडि बढेकाे पाइदैन ।

त्यसैले वैशाख १२ का दिन भूकम्प भएकाे सम्झना गर्ने अनेक अाश्वासन बाढ्ने र फेरि अर्काे साल उस्तै अवस्था रहने प्रवृतिबाट सरकार र सम्बन्धित पक्षले वेलामा नै सचेत हुनु अावश्यक छ । अागामी साल सरकारले धरहरामाथिवाट कार्यक्रम गरेर भूकम्प गएकाे स्मृति गर्ने अवसर प्राप्त हाेस यही छ सरकारलाई शुभकामना ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !