१४ बैशाख २०८१, शुक्रबार

जनताको आदेश सम्मान गर !


Editorial

नेपलपत्र, ४ वैशाख २०७५ ।  एमाले – माओवादी एकता हुने विश्वास जनताले गरिरहेका छन् । दुई कम्युनिस्ट पार्टी एक भए भने राजनीतिक स्थिरता हुन्थ्यो र स्थिर सरकारले जनताको जीवनस्तर सुधार हुने केही काम गर्नेथियो भन्ने जनताको चाहना देखिन्छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच  प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुनुभन्दा केही अगाडि नेपाली जनतालाई खुसी पार्नेगरी बाम एकताको निर्णय भएको थियो । त्यही सहमतिको आधारमा बाम गठबन्धनले अत्याधिक मतसहित निर्वाचनमा सफलता प्राप्त ग¥यो । निर्वाचनमा नेपाली जनताले कम्युनिस्ट गठबन्धनको ‘स्थिरता र समृद्धि‘को नारा पत्याएर स्पष्ट बहुमत दिए ।

जनताको उक्त मत परिणाम भनेको नै सबै बामपन्थी शक्ति एक भएर देशमा राजनैतिक स्थिरता कायमगरी विकासको दिशामा अगाडि बढ भन्ने हो । तर चुनाव भएको यति लामो समयसम्म पनि दुई पार्टीवीचको एकता प्रकृया टुङ्गोमा नपुग्नुले जनता निराश हुन थालेका छन् र बाम शक्तिविच एकता नहुने पो हो कि भन्ने आशंका पनि सुरु भइसकेको छ ।

देशलाई अस्थिरतामा राखेर पाइदा लिने तत्वबाट बाम शक्ति सचेत भएर नेपाली जनताको चाहना र आदेशको सम्मान गर्नु नै एमाले र माओवादी केन्द्रको लागि हितकर हुनेछ । एमालेले ठूलो पार्टीको हुंकार त्याग्नु आवश्यक छ भने माओवादी केन्द्रले पनि वर्तमान वस्तुस्थितिको सही मूल्यांकन गरेर समानताको आधारमा जनताको आदेशको पालना गर्नु आवश्यक छ । जनताले देखेको समृद्द नेपालको सपना पुरा गर्ने पहिलो कदम भनेको नै दुई कम्युनिस्ट पार्टी एक भएर चुनावी वाचा पुरा गर्नु र तेही अनुरुप आगामी निर्णय लिएर आर्थिक बिकासको ढोका खोल्नु हो  ।

जनताले आर्थिक विकास र देशको समृद्धि खोजेका छन् । राजनैतिक स्थिरता कायम गरेर दुवै पार्टीले अब आर्थिक एजेण्डालाई अगाडि बढाएर देशलाई प्रगतिको पथमा हिडाउन पनि चाँडोभन्दा चाँडो पार्टी एकता हुनु आवश्यक छ । जनताको चाहनालाई पूरा गर्दै नेपाली राजनीतिमा नयाँ सन्देश दिनसक्ने यो एकतालाई निश्कर्षमा पु¥याउनु नै बाम गठबन्धनको चुनावी घोषणा पत्र कार्यन्वयनको पहिलो कदम हुनेछ । नेपाली जनताले कम्युनिस्ट गठबन्धनको ‘स्थिरता र समृद्धि‘को नारा पत्याएर स्पष्ट बहुमत दिएको जनमतको विरुद्ध जाने अधिकार नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !