६ जेष्ठ २०८१, आइतबार

तातोपानीबाट ६ वटा कन्टेनरहरु भित्रिए, चीनवाट लसुन आउदै


तातोपानीबाट ६ वटा कन्टेनरहरु भित्रिए

मेलम्ची, २१ वैशाख । चीनसँगको उत्तरी नाका तातोपानी नाकाबाट स्याउ र लसुन भित्र्याइएपछि स्थानीयवासीले विरोध जनाएका छन् । लकडाउनका बेला सहमति बेगरका सामग्री ल्याएको भन्दै स्थानीयवासीले विरोध जनाइरहँदा तातोपानी नाकाबाट रातारात प्रहरी ‘स्कर्टिङ’ मा कन्टेनर भने भित्रिएका छन् । गएराति ६ वटा कन्टेनर पालैपालो लिपिङ हुँदै तातोपानी बजार आइपुगेका छन् ।

मेडिकल र खाद्य सामग्री मात्र ल्याउने सहमतिमा नाका खोल्न दिइएकामा यसरी अरू सामान ल्याउँदा कोरोना भित्रिने जोखिम बढेको भन्दै जनप्रतिनिधिले भन्सारमा अस्ति ज्ञापन बुझाएका थिए । तातोपानीका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले सरकारबाट खोलिएको नाकाबाट सामग्री आयातमा सुरक्षाका लागि स्कर्टिङ गरिएको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !