२० बैशाख २०८१, बिहिबार

सांसद भट्टराईद्वारा विद्यालयलाई सहयोग


bishal bhattarai

२५ साउन, खोटाङ  । खोटाङ जिल्लाका सांसद माननीय विशाल भट्टराईले बराहपोखरी गाउँपालिका वडा नं:२ सुन्तलेमा अवस्थित श्री ज्यू मा.बि. लाई कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न र अक्षयकोष स्थापना गर्नको लागि आर्थिक सहयोग अभियानमा सहयोग स्वरुप दस हजार रुपैया सहयोग गरेका छन्  ।

२०७० सालमा सभासदमा निर्वाचित भएका नेता भट्टराई चार वर्षपछि पनि खोटाङका जनताहरुको मन जितेर पुन प्रतिनिधि सभा सदस्यमा आफ्नो सिट सुरक्षित राख्न सफल भएका हुन्  ।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका भट्टराई इमान्दार, सामाजिक र सामुहिक कार्यमा अग्रसर रहने समाजसेवी,सबैसँग मिलनसार र सहयोगी भावनाका रहेका छन्  ।

उनले भने, ‘नितान्त मेरो यो ब्यक्तिगत सहयोग हो । म प्रतिनिधि सभा सदस्य भएको हैसियतले राज्यबाट शिक्षामा पाउनु पर्ने शैक्षिक योजनाहरु मेरो तर्फबाट श्री ज्यू माबिलाई रहिरहने छ ।’

केदार आले मगरको नेतृत्वमा अक्षयकोष स्थापनाको लागि अभियान शुरु गरिएको अभियानमा विभिन्न देशमा रहनुभएका प्रवासीहरुले सहयोग गर्दै आएको अध्यक्ष आलेले बताए ।

शिक्षा, स्वास्थ्य र यातायातको सुविधावाट वन्चित विद्यालय, आर्थिकस्तर कमजोरीका कारणले गर्दा कम्प्युटर शिक्षा पढ्नको लागि आर्थिक खर्च गरेर सहर जान परेको कारणले गर्दा विद्यालयमा नै उपलब्ध गर्ने उदेश्यका साथ कोष स्थापना गर्नको लागि अभियान शुरु गरिएको अध्यक्ष आलेले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !