५ जेष्ठ २०८१, शनिबार

सुन, चाँदीको मूल्यवृद्धि


सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ५०० ले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ ।

यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजार ५०० ले वृद्धि भई प्रतितोला रु एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला रु ३० ले वृद्धि भई प्रतितोला रु एक हजार ४७० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !