१८ बैशाख २०८१, मंगलबार

नबिल बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन


नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाशन तथा बिक्री बन्द गरेको छ । बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा माग भन्दा बढी आवेदन परेको थियो । ३ पुसको बैंकिङ समय पश्चात् डिबेन्चर बन्द गरिएको नबिलले जनाएको छ ।

प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गरिएकोमा पहिलो पटक दिएको समयमा नै सबै डिबेन्चर बिक्री भएको नबिल बैंकले जनाएको छ ।

बैंकले बिक्रीमा ल्याएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिएको थियो ।

सर्वसाधारणलाई छुट्टाइएको १२ लाख कित्ता मध्ये पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक कोषका लागि समेत समावेश गरिएको थियो । यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !