१८ बैशाख २०८१, मंगलबार

सुनको मूल्य हालसम्मकै उच्च : प्रतितोला १ लाख २१ हजार ६ सय


सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रु एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु आठ सयले बढेर प्रतितोला रु एक लाख २१ हजार छ सय पुगेको हो । नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २१ हजार कायम भएको छ । आइतबार तेजावी सुन प्रतितोल रु एक लाख २० हजार दुई सयमा कारोबार भएको थियो ।

साथै चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय ४५ मा कायम भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !