२६ बैशाख २०८१, बुधबार

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य


पेट्रोलियम पदार्थ

काठमाडौँ । पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको हिजो बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।

इन्डियन आयल कार्पोरेशनबाट हिजो पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !