४ जेष्ठ २०८१, शुक्रबार

कोरियाली लगानीकर्तालाई नेपालको उद्योग क्षेत्रमा लगानी बढाउन उद्योगमन्त्री रिजालको आग्रह


रमेश रिजाल फाइल फोटो

नवलपरासी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय रमेश रिजालले कोरियाली लगानीकर्तालाई नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

बुधबार नवलपरासीमा ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो आग्रह गरेका हुन् । उनले नेपालमा नियम कानुननमा कुनै बाधा अडनच भए समाधान गरेर सरकारले लगानीको सहज वातावरण तयार गर्ने स्पष्ट पारे ।

सामसङको यो नयाँ टेलिभिजन कारखानाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय रमेश रिजाल र सामसङ दक्षिण(पश्चिम एशियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जेबि पार्कले संयुक्त रुपमा गरेका हुन् । उदघाटन पश्चात मन्त्री रिजालले कारखाना अवलोकन गरेका थिए ।

रमेश रिजाल

काराखाना स्थापना भएसँगै देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने विश्वास गरिएको छ । नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न स्थापना गरेको यो नै पहिलो उदाहरण रहेको क्म्पनिले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै गोल्छा समुहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपाली बजारप्रति गहिरो अभिरुची देखाएको स्पष्ट गरेका छन् । नेपाल र नेपालिको लागि यो महत्वपूर्ण संकेत रहेको बताउदै गोल्छाले यस क्षेत्रलाई प्रवद्र्धन गर्ने उपयुक्त नीतिहरुसंगै देशको अर्थतन्त्रमा रोजगारी, मूल्य अभिवृद्धि र देशको सीमापारीका अवसरहरुका रुपमा धेरै सकारात्मक योगदानहरु परेको देख्न सक्ने बताउनु भयो । साथै अन्य इलेक्ट्रोनिक्स समानहरु उत्पादनका लागि समेत नेपालमा कारखाना स्थापन गर्न उपयुक्त रहेको बताए ।

उद्घाटन समारोहमा गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छा, नेपालकालागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुनपार्क, लगायत अन्य स्थानीय अधिकारीहरुको उपस्थिति रहेको थियो ।

रमेश रिजाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !