२१ बैशाख २०८१, शुक्रबार

नेपाल बैंकका ग्राहकलाई नयाँ वर्ष २०८० को अवसरमा विशेष अफर

अनलाईन सपिङ्ग पोर्टल दराज नेपाल मार्फत खरिद गर्दा २० प्रतिशतसम्म छुट


नेपाल बैंक नयाँ वर्ष विशेष अफर

काठमाडौँ । नेपाल बैंक लिमिटेडले नेपाली नव वर्ष उत्सव २०८० को अवसरमा नेपाल बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन खरिदमा छुट उपलब्ध गराउनका लागि दराज नेपाल सँग आपसी सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत होम बहादुर खड्का र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौता अनुसार ग्राहकले अप्रिल ११ देखि १४ गते सम्म डेबिट कार्डमार्फत प्रिपेमेन्टमा ८ प्रतिशत (अधिकतम रु. ७५० सम्म) बराबरको छुट पाउनेछन भने क्रेडिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम रु. १००० सम्म) को छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी ग्राहकहरुले अप्रिल १० देखि २० सम्म २० प्रतिशत (अधिकतम रु. २०० सम्मको छुट पाउन सक्नेछन । उक्त अफर र छुट पाउनका लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्डमा ई-कमर्स सक्रिय गर्नुपर्नेछ । त्यसको लागि ग्राहकहरुले नेपाल बैंकको शाखाहरुमा सम्पर्क गर्नुपर्नेछ ।

बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा ई-कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै निवेदन दिन समेत आग्रह गरेको छ । उक्त छुट योजनको लाभ लिन नेपाल बैंक लिमिटेड सम्पूर्ण ग्राहकहरुलाई हार्दिक आव्हान गर्दछ ।

नेपालभर २२८ शाखाहरु, २०३ ए.टि.एम. साथै ५२ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फतसेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !