२१ बैशाख २०८१, शुक्रबार

नेपाल बैंक लिमिटेडको मुलुकभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल बैंक लिमिटेडले ग्लोबल मनीविकअन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैैकले आफ्ना शाखामार्फत देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो ।

ग्लोबल मनीविक २०२३ को मूख्य नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने विषयवस्तुमा केन्द्रित भई यूवा वर्गमा वित्तीय साक्षरतासम्वन्धी कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमअन्तर्गत स्कुल तथा कलेजमा आधुनिक बैंकिङ्ग, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानी समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्वन्धमा सचेतना अभिबृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दैै आएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशभरीका आफ्नो शाखा सञ्जाल र डिजिटल प्लेटफर्मबाट वित्तीय कारोवार, सोको सदुपयोगिता सम्वन्धमा आधारभुत ज्ञान प्रदान गर्दै नागरिक चेतना जगाई निरन्तर रुपमा बैंकले वित्तीय साक्षरता सम्वन्धी कार्यक्रम गरिरहेको छ । बैंकले सातै प्रदेश अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम अघि वढाएको हो ।

नेपालभर २२८ शाखाहरु, २०३ ए.टि.एम. साथै ५२ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !