२० बैशाख २०८१, बिहिबार

निगमले घटाएको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू


पेट्रोलियम पदार्थ

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य हिजो घटाएको थियो । नेपाल आयल निगमले हिजो राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

आयल निगमले घटाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य ब्यबहारिक रुपमा आजदेखि लागू भएको हो । आयल निगमले हिजो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको थियो ।

निगमले हिजो एक विज्ञप्ति जारी गर्दै मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको जनाएको ठिटो । आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १६० रुपैयाँमा बिक्री हुने बताएको थियो ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै हिजो बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको थियो । “निगमले सरकारको ऋण र ईण्डियन आयल कर्पोरेशन लिमिटेडलाई हाल तिर्नुपर्ने बक्यौता रकम करिव रु १४ अर्ब बाँकी रहेको अवस्थासमेतमा आमउपभोक्तालाई सहज एवम् सरल ढङ्गबाट पेट्रोलियम पदार्थ विक्रि वितरण गर्ने व्यवस्था मिलाउँदै आइरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !