१९ बैशाख २०८१, बुधबार

पेट्रोलियम पदार्थको मूल्य बल्ल घट्यो, कति पुग्यो प्रतिलिटर ?


पेट्रोलियम पदार्थ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल, मट्टितेलमा र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएकोले निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

मूल्य घटेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७५, डिजेल/मट्टितेलको १६५ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १६० पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

निगमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले सरकारको ऋण र इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई हाल तिर्नुपर्ने बक्यौता रकम करिब १४ अर्ब बाँकी रहेको अवस्थासमेतमा आमउपभोक्तालाई सहज एवं सरल ढङ्गबाट पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने व्यवस्था मिलाउँदै आइरहेको बताएको छ ।

यस्तो छ नेपाल आयल निगमले जारी गरेको प्रेस विज्ञप्ति

पेट्रोलियम पदार्थको मूल्य बल्ल घट्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !