२२ बैशाख २०८१, शनिबार

एनसीसी बैंक र मनकामना अस्पतालबीच सम्झौता


एनसीसी बैंक र मनकामना अस्पतालबीच सम्झौता

काठमाडौँ । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रा.लि.मा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे छ ।

सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पताल प्रा.लि मा ओपिडी चेक अप र इन्डोस्कपी, एक्स-रे, अल्ट्रा साउन्ड, प्याथोलोजी टेस्ट जस्ता परीक्षणमा, जनरल वार्ड, केबिन बेड चार्जमा १५ प्रतिशत र सीटी स्क्यान, आइसियूमा १० प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !