१४ बैशाख २०८१, शुक्रबार

गरिमा क्यापिटल लिमिटेडको सिईओमा निर्मल भट्टराई नियुक्त


गरिमा क्यापिटल लिमिटेडको सिईओमा निर्मल भट्टराई नियुक्त

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा निर्मल भट्टराई नियुक्त भएका छन् । बैंकको यही श्रावण २९ गते बसेको संचालक समितिको ५२औं बैठकले भट्टराईलाई भदौ १ गतेदेखि लागू हुनेगरी सिईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका छन् । उनी संस्थाको स्थापनाकालदेखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका थिए । उनलाई अहिले आएर संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । यसअघि गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आएका थिए ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खातासम्बन्धी सेवा प्रवाह गर्दै आएको छ । अब निकट भविष्यमै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु ल्याउने तयारी गरेको संस्थाले जनाएको छ ।

गरिमा क्यापिटल लिमिटेडका सेवाहरु ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजीकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !