१८ बैशाख २०८१, मंगलबार

सुनको मूल्य आज बढ्यो, कति पुग्यो प्रतितोला ?


सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले बढेर रु ९८ हजार ५०० तोकिएको छ । अघिल्लो दिन पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार १०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार २९० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६७ डलर आसपास कारोबार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !