२२ बैशाख २०८१, शनिबार

सुनको मूल्य ९०० रुपैयाँले घट्यो, प्रतितोला कति ?


सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार सुनको मूल्य ९०० रुपैयाँले घटेको छ । यो सँगै प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघ अनुसार तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँ छ । महासंघका अनुसार आज हिजोकै मूल्यमा चाँदीको कारोबार भइरहेको छ । चाँदीको प्रतितोला मूल्य १३ सय ५० रुपैयाँ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !