७ मंसिर २०८१, शुक्रबार

हमालले बाजी मारे नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त


रमेश हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

नेपाल धितोपत्र बाेर्डकाे अध्यक्ष लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमाल गरी ३ जनाकाे नाम सिफारिस गरेकोमा अरु २ जनालाई पछि पार्दै हमालले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद बाजी मारेका हुन् ।

बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेकाे सर्वाेत्तम सिमेन्टकाे सेयर नेप्सेकाे ओटीसी बजारबाट छाेरीकाे नाममा खरिद गरेपछि विवादित बनेका बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गानालाई सरकारले बर्खास्त गरेपछि साढे ४ महिनादेखि बोर्ड अध्यक्षविहीन रहेको थियो ।

यो पनि पढ्नुहोस्

धितोपत्र बाेर्डकाे अध्यक्षमा समितिद्वारा ३ जनाकाे नाम सिफारिस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !