२२ बैशाख २०८१, शनिबार

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?


सुन

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै ९२ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९२ हजार रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले मात्र वृद्धि हुँदै एक हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !