२२ बैशाख २०८१, शनिबार

नबिल बैंकद्धारा उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


नबिल बैंकद्धारा उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । नबिल बैंकले सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा नबिल दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नबिलले सुदूरपश्चिमका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ्ग अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएकोे हो । नबिल बैंकले बित्थडचिर गाउँपालिका र आलिताल गाउँपालिकासंग दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकाश र वित्तीय पहुँचको लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त साझेदारी मार्फत गाउँपालिकाले स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम-तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउ“पालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम-तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो । अन्तर्क्रियाकै दौरान स्थानिय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !